post-slider post-slider

ललिता निवास प्रकरण : महानगरका अधिकृतसहित तीन जना पक्राउ

Image
A A

काठमाडौं- ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार थप तीन जना आरोपितहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई रहेका छन्।

महर्जन नक्कली मोही, भट्टराई २०६० सालमा काठमाडौं महानगर–४ का तत्कालीन वडासचिव (हाल महानगर अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए।

कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री छँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको सिफारिस गरेका थिए।

त्यसकै आधारमा १४ रोपनीभन्दा बढी जग्गा नक्कली मोही र अरू व्यक्तिका नाममा गएको थियो।

यही प्रकरणमा प्रहरीले गत मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो।

उनीहरू अििहले अनुसन्धानका लागि हिरासतमा छन्।

डिल्ली बजारका मालपोत प्रमुख कलाधर देउजा र दुई अधिकृतहरू हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली अदालतको आदेशले पक्राउ लगत्तै छुटेका थिए।

 

Tags: