post-slider post-slider

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

Image
A A

काठमाडौं- साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको न्यु जर्सीमा बुधबार बिहान भएको पहिलो सेमिफाइनलका क्यानडा माथि २-० को जित हात पार्दै अर्जेन्टिनाले उपाधि रक्षा यात्रा कायम राखेको हो।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे।

जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। रोड्रिगो डे पलको सुन्दर थ्रु-पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

अर्जेन्टिनाले दोस्रो गोलका ५१औं मिनेटमा गरेको थियो। एन्जो फर्नान्डेजको प्रहार गोललाइन नजिकबाट मेस्सीले पोस्टतर्फ नै प्रहार गर्दै प्रतियोगितामा आफ्नो पहिलो गोल गरेका थिए।

अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वे बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ।

Tags: