प्रचण्ड र मोदीबाट बथनाहा–विराटनगर कार्गो रेलको संयुक्त उदघाटन
काठमाडौं- भारतको बथनाहाबाट नेपालको विराटनगरसम्म कार्गो रेल सञ्चालन भएको छ।
भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा कार्गो रेलको उदघाटन गरेका हुन्।
दुवै प्रधानमन्त्रीले संयुक्त उदघाटन गरेसँगै भारतको बथनाहाबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुटेको छ।
विराटनगरसम्म कार्गो रेल आउने भएपछि मालसमान आयात र निर्यातका लागि सहज हुने अपेक्षा गरिएको छ।