post-slider post-slider

सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

Image
A A

काठमाडौं- सरकारले आजदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो। 

अब चिया बगानबाहेकका श्रमिकले मासिकरूपमा न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने छन्। जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रहेको र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ। 

अब श्रमिकले दैनिकरूपमा न्यूनतम ६६८ रुपैयाँ पारिश्रमिक पाउने छन्। आंशिक समयमात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन्।

चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ  पुगेको छ। दैनिक पारिश्रमिक ५०० रुपैयाँ पुगेको छ। अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन्। 

चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ।

Tags: