post-slider post-slider

राजतन्त्रको औचित्य सकिएको छ : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको औचित्य सकिएको बताएका छन्।

नेपाली कांग्रेसले सोमबार आयोजना गरेको ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘२०६२ / ६३ को आन्दोलनपछि नै राजाको अस्तित्व सकिएको छ, त्यसको चर्चा गर्नु नै बेकार हो,’ उनले भने,‘राजतन्त्र असान्दर्भिक विषय हो। यसको कुरा नै गर्नु हुँदैन।’

राजतन्त्र बलियो भयो भने राष्ट्रियता बलियो हुन्छ भन्ने एकथरी छन् तर देश बचाउने राजा नभएर जनताले भएको उनले बताए।

‘जन्मिँदै शासक बन्ने पाखण्डी सिद्धान्त रहेको उनले भने,’ ओलीले भने, ‘जनताको सार्वभौमतालाई स्वीकार नगरेर स्वाभिमानीले स्वीकार गर्न सकिँदैन।’ 

नेपालमा कुनै पनि हालतमा आफूहरूले राजतन्त्र आउन नदिने उनले उल्लेख गरे।

‘एकता चाहिन्छ, तर लोकतन्त्र र गणतन्त्रका लागि। हामी तीन जना नेता भेट्दा धेरैको टाउको दुखाइ सुरू हुन्छ। यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् भनेर,’ ओलीले भने,‘हामी क्लियर छौं त, हाम्रो कपाल त्यतिकै फुलेको होइन नि। अनडेमोक्रेटिक राजनीतिक व्यवस्था कुनै पनि हालतमा आउँदैन।’

भारतले बसि नसक्नु अवस्था बनाएपछि मेलमिलापको सन्देश लिएर बिपी कोइराला नेपाल फर्किनुपरेको उनले बताए।

त्यो बेला राजासँग मेलमिलापको नीति  लिइए पनि अहिले अवस्था फेरिएको उनको भनाइ थियो।

‘हिजोको अवस्था भिन्दै थियो, राजा थियो। अहिले राजतन्त्र छैन। जनतासँग एकताको जरूरी छ। कांग्रेसले अहिलेको परिस्थिति  व्याख्या गर्नुपर्छ,’ उनले भने।

एमाले अध्यक्ष ओलीले बालकुमारी घटनाका सन्दर्भमा मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुप¥यो भनेर प्रश्न गरे।

‘हुलमा गएर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारेर, गोलीमात्रै चलाएको छैन, बन्दुकको कुन्दाले यसरी हिर्काएको छ कि मान्छे ठाउँठाउँको मारिएको छ। थुप्रै प्रश्न उठिरहेका छन्,’ ओलीले भने।

 

Tags: