post-slider post-slider

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

Image
A A

काठमाडौं- अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै ठगी गर्ने बनेपा–४ घर भइ हाल काठमाडौं–२६ सामाखुशी बस्ने ४६ वर्षीया पार्वती थापालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले पक्राउ परेकी थापा वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी हेमराज रेग्मी भन्ने व्यक्तिसँग १४ लाख ९० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएकी जानकारी दिए।

थापाले रेग्मीलाई वैदेशिक रोजगारका लागि अमेरिका जान तीन लाख रूपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठिट कम्पनीमा मासिक ३ लाख ५० हजार तलब आउने भनेर प्रलोभनमा पारेका थिए।

यसका लागि उनले रेग्मीसँग १४ लाख ९० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएका थिए।

पक्राउ परेकी थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले बताएको छ।

 

Tags: