post-slider post-slider

सचिन तेन्दुलकर पनि ‘डिफेक भिडियो’ को निशानामा

Image
A A

काठमाडौं- विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर पनि ‘डिफेक भिडियो’ को निशानामा परेका छन्।

बनाउँदै नबनाएको एक भिडियो सार्वजनिक भएपछि तेन्दुलकर पनि ‘डिफेक भिडियो’ निशानामा परेको खुलेको हो।

आफूले अनलाइन गेमिङ भिडियो सार्वजनिक भएपछि उनले त्यो भिडियोको आलोचना गरेका छन्।

भिडियोमा उनलाई ‘छिटो धनी हुने उपाय’ भन्दै उक्त एपको प्रशंसा गरिरहेको देखाइएको छ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यी भिडियोहरु फेक अर्थात नक्कली हुन्। प्रविधिको अन्धाधुन्ध दुरुपयोग गरिएको देख्दा दिक्क लाग्छ।’

डिफेक भिडियोविरुद्ध बोल्ने तेन्दुलकर पछिल्ला भारतीय सेलिब्रिटी हुन्।

केही महिनाअघि अभिनेत्री रश्मिका मन्दानाले आफ्नो एक डिफेक भिडियो भाइरल भएपछि यस्ता सामग्री सेयर नगर्न आग्रह गरेकी थिइन्।

त्यसमा मन्दानाको अनुहार एक ब्रिटिस–महिलाद्वारा पोस्ट गरेको इन्स्टाग्राम भिडियोमा जोडिएको थियो। त्यो भिडियोले भारतमा प्रविधिको दुरुपयोगबारे बहस छेडेको थियो।

मन्दानाले त्यो घटनालाई ‘असाध्यै डरलाग्दो’ भनेकी थिइन् र उनले कोही महिलाहरुलाई त्यस्तो भयो भने आवाज उठाउन भनेकी थिइन्।

अन्य अभिनेत्रीहरु आलिया भट्ट, काजोल र क्याटरिना कैफ पनि डिफेक भिडियोको निसानामा परेका छन्।

तेन्दुलकरले आलोचना गरेको भिडियोमा उनले आफ्नी छोरी नियमित रुपमा उक्त गेमिङ एप प्रयोग गर्छिन् भनेको देखाइएको छ।

तेन्दुलकरले लेखेका छन्,‘सोशल मिडिया प्ल्याटफर्महरु यस्ता गुनासोप्रति सतर्क र जबाफदेही बन्नुपर्छ। गलत सूचना र डिफेक फैलनबाट रोक्न उनीहरुले तत्काल कारबाही अगाडि बढाउनुपर्छ।’

भारतका असाध्यै मन पराइएका क्रिकेटरमध्ये एक तेन्दुलकरले सन् २०१३ मा सन्यास लिएका थिए। उनले कैयौं नाम चलेका ब्रान्डको विज्ञापन गरेका छन्।

उनको पोस्टमाथि प्रतिक्रिया दिँदै भारतका सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले एआइमार्फत उत्पादित डिफेक र गलत सूचनाबाट इन्टरनेट उपभोक्ताहरुको सुरक्षामाथि खतरा उत्पन्न भएको बताएका छन्।

उनले भारतमा सोशल मिडियाले तत्काल डिफेक भिडियो हटाउनुपर्ने गरी छिट्टै कडा नियम बनाउन लागेको उल्लेख गरेका छन्।

 

Tags: