post-slider post-slider

आज काठमाडौंका यी स्थानहरूमा काटिनेछ बिजुली

Image
A A

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ।

टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुन लागेको हो।

टेकु सब स्टेसनबाट विद्युत सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरूहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै ज्याबहल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौद्ध, भोटाहिटी, असन, बाङ्गेमुढा, इन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, वसन्तपुर दरबार स्क्यायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी अस्पताल, नख्खु चोक, बागडोल, धोबीधारा, मलपोखरी, धोबीघाटलगायतका क्षेत्रमा विद्युत कटौती हुनेछ।

शनिबार सूचना जारी गर्दै प्राधिकरणले शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आपूर्ति बन्द हुने जानकारी दिएको हो।

 

Tags: