post-slider post-slider

एसइईको नतिजा केहीबेरमा सार्वजनिक हुँदै

Image
A A

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसइई) को नजिता आजै सार्वजनिक हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी बोर्डका एक सदस्यले आजै नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए।

राष्ट्रिय परीक्षा बोर्डको बैठक दिउँसो १ बजेदेखि सुरू भएको थियो।

नतिजा लेटर गे्रडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ। त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो।

बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिए पनि बुधबार बैठक बस्न सकेको थिएन।

यसपालि एसइई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन्। त्यसैले पुरानो निर्देशकाअनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निष्कर्ष बोर्डले निकालेको हो।

निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मक अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ।

दुई विषयसम्म नन ग्रेडिङ (एनजी) परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालित एसइईमा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नजिता आजै सार्वजनिक हुने भएको छ। 

Tags: