post-slider post-slider

शिक्षकको न्यूनतम योग्यता स्नातक, माविका लागि स्नातकोत्तर अनिवार्य

Image
A A

काठमाडौं- सरकारले शिक्षक पदमा नियुक्तिका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ।

बुधबार संसदमा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा विभिन्न तहका शिक्षकका लागि योग्यता निर्धारण गरिएको हो।

माध्यमिक तहको शिक्षकमा नियुक्त हुन सम्बन्धित विषयमा स्नातकोत्तर तह उतीर्ण गरेको हुनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

‘माध्यमिक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उतीर्ण गरेको हुनुपर्ने,’ विधेयकमा उल्लेख छ।

त्यस्तै कक्षा एकदेखि पाँचसम्म अध्यापन गराउने शिक्षक जुनसुकै विषयमा स्नातक उतीर्ण भएको हुनुपर्ने व्यवस्था विधेयकले गरेको छ।

कक्षा ६ देखि ८ का लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण भएको हुनुपर्ने विधेयकमा उल्लेख छ। 

शिक्षक पदमा नियुक्तिका लागि नेपाली नागरिक हुनुपर्ने, अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने र उमेर २१ वर्ष पूरा भइ ३५ वर्ष हुनुपर्ने व्यवस्था विधेयकले गरेको छ।

शिक्षकको योग्यता शैक्षिक गुणस्तरसँग जोडिएको हुनाले यस्तो व्यवस्था गरिएको विधेयकमा उल्लेख छ।

विधेयकमा भनिएको छ,‘शिक्षकको योग्यता शैक्षिक गुणस्तरसँग जोडिएको र सक्षम शिक्ष आवश्यक भएकोले न्यूनतम स्नातक योग्यता भएको व्यक्ति शिक्षक हुने व्यवस्था गरिएको छ,’ विधेयकमा भनिएको छ।

उमेरको हकमा महिलाका लागि अधिकतम ४० र अपाङ्गमात्र प्रतिस्पर्धा गर्ने हकमा ४५ वर्षसम्म उम्मेदवार हुनसक्ने व्यवस्था विधेयकले गरेको छ।

 

Tags: