post-slider post-slider

शेखर समूहको निष्कर्ष : कांग्रेसले भ्रष्टाचारविरूद्धको अभियान रोक्यो

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर समूहको बैठकले सरकारले जनतामा आशा जगाउन नसकेको निष्कर्ष निकालेको छ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि बसेको शेखर समूहको भेलाले कांग्रेसले नै भ्रष्टाचारविरूको अभियान रोकेको निष्कर्षसमेत निकालेको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ४ असोजदेखि सानेपास्थित पार्टी कार्यालयमा बस्दैछ।

आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचारविरूद्धको अभियान रोकिएको शेखर समूहको निष्कर्ष छ।

आफ्नै दलका नेताहरू समातिने डर बढेपछि भ्रष्टाचारविरूद्धको अभियान रोकिएको बैठकले निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

बैठकमा केन्द्रीय समिति बैठकमा उठाउने एजेन्डा, कोसी प्रदेसलगायतका विषयमा छलफल भएको छ। 

कोसी प्रदेसमा सरकार गठन प्रक्रियामा कांग्रेसले लिएको निर्णय न्यायसंगत नभएको बताउँदै यसका कारण पार्टी राजनीतिक रूपले अप्ठ्यारोमा परेको शेखर समूहले निष्कर्ष निकालेको छ।

भातृ तथा शुभेच्छुक संस्थामा संस्थापन पक्षले एकलौटी गरेको र तल्लो तहको निर्वाचन हारेकाहरूलाई पनि केन्द्रीय समितिमा मनोनित गरेकासहितको विषयमा शेखर समूहमा छलफल भएको छ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई बोलाइए पनि उनीहरू सहभागी भएनन्।

मंगलबारको बैठकमा आमन्त्रण गरिएका शर्मा र पौडेल दुवै अनुपस्थित थिए।

 

Tags: