.png)

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं- पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ। काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय ढुंगानाको आइतबार दिउँसो २ बजे निधन भएको हो।
ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत् थिए। ढुंगाना कलेजो सम्बन्धी रोगबाट पीडित थिए।
ढुंगाना २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भएका थिए। त्यसपछि ढुंगाना २०४८ असार ९ गते उनी सभामुख बनेका थिए।
ढुंगाना अधिवक्तासमेत हुन्। ढुंगानाको शव पशुपति आर्यघाटमा सोमबार अन्त्येष्टि गरिने आफन्तले जनाएका छन्। उनका दुई छोरा र एक छोरी छन्।