post-slider post-slider

नेपाल एसिसी अन्डर–१६ इस्ट जोन क्रिकेटको फाइनलमा

Image
A A

काठमाडौं- नेपाल मलेसियामा जारी एसिसी अन्डर–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ।

बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालले सिंगापुरलाई ९७ रनको अन्तरले हराएको हो।

जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याट्सम्यान ३१.३ ओभरमा ८७ रन जोडेर आलआउट भए।

नेपालका लागि कात्तिक कामतले सर्वाधिक ३ विकेट लिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो।

नेपालका लागि ओपनरद्वय सूर्यांशू कोइराला र निरज यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए।

कोइरालाले ४३ रन र निरजले ४२ रनका योगदान दिएका छन्।

कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए।

नेपालले अब फाइनलमा मंगलबार घरेलु टोली मलेसियासँग खेल्नेछ। अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको हो।

 

Tags: