post-slider post-slider

‘संघीयतालाई सबल बनाउन संघीय सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ’

Image
A A

काठमाडौं- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयतालाई दिगो र सबल बनाउन संघीय सरकारले प्रदेस सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका छन्।

शुक्रबार हेटौंडामा आयोजना गरिएको ‘तहगत  अधिकार कार्यविस्तृतीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री यादवले संविधानमा उल्लेख भएता पनि अधिकार नपाउँदा प्रदेस सरकारहरू सबल हुन नसकेको जिकिर गरे।

मुख्यमन्त्रीहरूको बैठकले संघीय सरकारलाई विभिन्न सुझावसहित प्रतिवेदन बुझाउने जानकारी उनले दिए।

यादवले प्रदेस र स्थानीय तहमा राजस्व बाँडफाँट न्यायोजित ढंगबाट गर्नुपर्नेमा जोड दिए।

संघीयता र गणतन्त्रप्रति जागरूक बनाउन तीनै तहका सरकार इमानदारीपूर्वक लाग्नुपर्ने उनको भनाइ छ।

नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगाना र नेपाल गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संघीयता र संविधानको मर्मअनुसार स्थानीय तहमा जनप्रतिनिधिलाई कार्यसम्पादन गर्न वर्तमान ऐन कानुनमा सुधार गर्नुपर्ने बताए।

संघीय सरकारले स्थानीय तहलाई उपेक्षा गनरी प्रदेस सरकार र स्थानीय सरकारलाई समान तरिकाले बजेट बाँडफाँट गरेर अघि बढ्न जरूरी रहेको उनीहरूको भनाइ थियो।

 

 

Tags: