post-slider post-slider

गैरीगाउँमा भएको सामूहिक हत्या अनुसन्धानका लागि समिति गठन

Image
A A

काठमाडौं- काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या अनुसन्धानका लागि संयुक्त टोली गठन गरिएको छ।

शुक्रबार मध्यराति धारिलो हतियार प्रहार गरी गैरीगाउँस्थित दिव्य स:मिलका सुरक्षागार्ड कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो। 

उक्त घटना अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रभुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा संयुक्त अनुसन्धान टोली बनाइएको हो। 

टोलीमा काठमाडौं परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी, बानेश्वर बृत्तका प्रहरी इन्सपेक्टर विरेन्द्र केसी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। 

भुजेलका आमा र श्रीमतीको पनि हत्या भएको छ। उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीय शुभद्रा भुजेल र सोही मिलमा काम गर्ने मोरङका अन्दाजी १९ वर्षका नवीन राईको हत्या भएको हो। 

घटना हुँदा सँगै रहेका नवीनका आफन्तसमेत रहेका मोरङका २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि मेरो भाइलाई खुकुरी हान्यो भन्दै दीपेन्द्र बाहिर निस्किएका थिए। त्यतिबेला नै गस्तीमा रहेको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

दीपेन्द्रको कपडामा पनि रगत लागेको थियो। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

 

Tags: