post-slider post-slider

अर्थतन्त्र चलायमान बन्दैछ : गभर्नर अधिकारी

Image
A A

काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विविध कारणले गत आर्थिक वर्ष २०७९-८० मा कर्जा विस्तार घटेको बताएका छन्। आज चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नरले गत वर्ष कर्जा विस्तार व्यापक रुपमा घटेको बताएका हुन्।

उनले बजेटले तोकेअनुसारको पूँजीगत खर्च समयमै हुन नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलता प्रवाहमा कमी आउँदा कर्जा विस्तार खुम्चिएको बताए। यस्तै, विप्रेषणको आप्रवाहमा आएको सुधार, ब्याजदरको घट्दोक्रम र बजेट वक्तव्यमा समेटिएको सुधार योजनाका कारण आर्थिक गतिविधि चलायमान हुन थालेको समेत गभर्नरले बताए।

अर्थतन्त्र चलायमान भएसँगै निजी क्षेत्रबाट हुन सक्ने कर्जाको सीमा ५६२ अर्बले बढ्न सक्ने केन्द्रीय बैंकको प्रक्षेपण छ।

 

Tags: