post-slider post-slider

टि–२० विश्वकप छनोट : नेपाल ५ रनले पराजित

Image
A A

काठमाडौं- टि–२० विश्वकप एसिया छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा १४६ रनको लक्ष्य पछ्याएको नेपाल ओमानसँग  रनले पराजित भएको हो।

नेपालले २० ओभरमा विकेट गुमाएर १४०  रनमात्रै बनाउनसक्यो।

टस जितेर लक्ष्य पछ्याउने निर्णय गरेको नेपालका ब्याटरहरू ओमानका बलरसामु उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
ब्याटरहरूले लामो साझेदारी बनाउन नसक्दा नेपालले हार बेहोर्नुपरेको हो।

नेपालका लागि विवेक यादवले  सर्वाधिक ३९ रन बनाए। २४ बलको सामना गरेका उनले ५ छक्का प्रहार गरे। उनले अन्तिम ओभरमा ३ छक्का प्रहार गरेका थिए। कुशल भुर्तेलले २६ रन बनाए। १८ बल सामना गरेका उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यस्तै आशिफ शेखले ५, सोमपाल कामीले १२, कुशल मल्लले १०, कप्तान रोहित पौडेलले १२, सन्दीप जोराले १२ र गुल्शन झाले ३ रन बनाए।

ओमानका लागि सकील अहमद, मेहरान खान, आकिब इयासले २–२ तथा बिलाल खान र जीसन मक्सुदले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।

ओमानका लागि जिसन मस्कुदले सर्वाधिक ३२ रन बनाए। त्यस्तै कश्यप प्रजापति ८, प्रतीक अथवाले २४, आकिब इयास २, सोहब खान शून्य, अयान खान १८, नसीम खुसी २५ र सकील अहमदले २२ रन बनाए।

नेपालका लागि करण केसीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा गुल्शन झा र अविनास बोहोराले १–१ विकेट लिए।

ओमानविरूद्ध समूह चरणको म्याचमा पराजित भए पनि नेपाल यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

त्यस्तै समूह ‘ए’ मै रहेको ओमानले पनि सेमिफाइनलका लागि स्थान सुरक्षित गरिसकेको छ।

दुई समूहमा विभाजन गरिएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन्।

त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छन्।

छनोट प्रतियोगितमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनलका लागि प्रतिस्पर्धा गर्ने अन्तिम दुई टोली सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपका लागि एसिया क्षेत्रबाट छनोट हुनेछन्।

 

Tags: