post-slider post-slider

‘भारत–नेपाल पार्टनरसिपलाई सुपरहिट बनाउँछौं’

Image
A A

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भारत–नेपाल पार्टनरसिपलाई’ सुपरहिट बनाउने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका अवसरमा बिहीबार नयाँदिल्लीस्थित हैदराबादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन्।

उनले नेपाल र भारतबीच पछिल्ला ९ वर्षमा धेरै प्रगति भएको बताए। यस अवधिमा रेलवे सुरूवात, पेट्रोलियम पाइपलाइनलगायत थुप्र्रै कामहरू भएको उनको भनाइ थियो।

भविष्यमा आफ्नो पार्टनरसिपलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णयहरू भएको बताउँदै उनले नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिने समझदारी भएको जानकारी दिए।

क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने मोदीले विश्वास व्यक्त गरे।

प्रधानमन्त्री मोदीले आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखिएको बताउँदै फकोट कर्णाली हाइड्रोपावरलगायतका आयोजनमा भारतले मिलेर काम गर्ने जानकारी दिए।

मोतीहारी–अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनसम्म पु¥याउने बताउँदै उनले झापा–सिलिगुडीमा नयाँ पाइपलाइन बनाउने जानकारी दिए।

मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिन आफू दुई जनाबीच छलफल भएको बताए।

नेपाल र भारतको सम्बन्ध हिमालजस्तै उच्च रहेको बताउँदै उनले सीमालगायतका अन्य समस्या समाधान गरिने जिकिर गरे।

‘बितेका ९ वर्षका उपलब्धि यहाँ भन्ने हो भने दिनभर नै लाग्छ,’ मोदीले भने,‘बोर्डर बाधक होइन एकअर्कासँग जोड्ने माध्य बनेको छ। बिजुलीका लागि ट्रान्समिसन लाइन बनाउनुपर्छ। साझा नदीमा पुल निर्माण गर्नुपर्छ।’

 

Tags: