post-slider post-slider

अंकगणित बल्झिएपछि अन्योलमा कोसीको आसन्न सत्ता राजनीति

Image
A A

काठमाडौं- संसदीय अंकगणित बल्झिएपछि कोसी प्रदेसमा आगामी सत्ता राजनीति अन्योलमा परेको छ।

निर्णायक भनिएको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिइ तटस्थ बस्ने निर्णय गरेपछि कोसीको आगामी सत्ता राजनीति अन्योलमा परेको हो।

मधेस प्रदेसमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएकाले कोसीमा जसपाबाट सहयोग पाउने अपेक्षा एमालेले गरेको थियो।

तर, जसपाको प्रदेस कमिटीले आफ्नो पार्टी तटस्थ बस्ने निर्णय गरेको छ।

कोसी प्रदेसमा एकमात्र सांसद रहेको जसपा सरकार गठनका लागि निर्णायक ठानिएको छ।

यो प्रदेसमा जसपाकी निर्मला लिम्बु सांसद छिन्।

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरूले जसपालाई तटस्थ बस्न मनाएका थिए।

बिहीबार बसेको नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रदेस संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

९३ सदस्यीय प्रदेससभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक हुन्छ।

प्रदेससभामा अहिले सत्तारुढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ सांसदको मात्र समर्थन कार्कीलाई छ।

प्रतिपक्षमा गठबन्धन दल नेपाली कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा (एकीकृत समाजावदी) का ४ र जसपाका १ गरी ४७ प्रदेस सांसद छन्।

जसपाकी सांसद लिम्बु तटस्थ बस्ने भएपछि विश्वासको मतको पक्ष र विपक्षमा समान ४६ र विपक्षमा ४५ मत आउने सम्भावना देखिएको छ।

संवैधानिक व्यवस्थाअनुसार बराबर मत भएको अवस्थामा बैठकको अध्यक्षता गर्नेले निर्णायक मत दिन पाउनेछन्।

 

Tags: