post-slider post-slider

नेपालगञ्जका सांसद राणा भन्छन् – सदभाव बिगार्नेलाई कारबाही नगरे देशभर दंङ्गा भड्किने सम्भावना छ

Image
A A

काठमाडौं- राप्रपाका सांसद धवलशम्शेर राणाले देशका विभिन्न स्थानमा भइरहेका हिंसाका घटनाहरू तत्काल नियन्त्रणमा लिन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठक सुरू हुनसाथ विशेष समय लिएर बोल्दै राणाले नेपालगञ्जको घटनातर्फ संकेत गर्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन्।

नेपालगञ्जसमेत पर्ने बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राणाले मधेस प्रदेसका साथै देशका विभिन्न भागमा भइरहेका यस्ता घटनाका पछाडि मोबाइल मुख्य कारण रहेको जिकिर गरे।

साइबर क्राइममा संलग्नहरूलाई तत्काल कारबाही नगरे देशका विभिन्न ठाउँमा दंगा भड्किने सम्भावना रहेको उनले सरकारलाई सचेत गराए।

‘हामी यहाँ आउँदा आउँदै नेपालगञ्जमा कफ्र्यु लागेको छ। यो सबै घटनाको जडो मोबाइलको सञ्जाल रहेको छ। चाहे गौ हत्याको कुरा होस्, चाहे गाइको मासु खाने कुरा होस्, चाहे हिन्दु मुस्लमानका कुरा होस्,’ राणाले भने,‘साइबर क्राइममा संलग्नहरूलाई नियन्त्रणमा लिएर ठाउँको ठाउँ कारबाही नगरे देशको विभिन्न ठाउँमा दंगा भड्किने सम्भावना बढिरहेको छ।’

सांसद राणाले नेपालगञ्जका दुवै समुदायलाई सदभाव कायम राख्न आग्रह गरे।

‘शान्तिपूर्ण ढंगबाट विरोध गर्न पाइन्छ। उग्र र हिंसाको बाटो समात्न हुँदैन। नेपालगञ्जले सँधै सदभाव कायम गरेको उदाहरण प्रस्तुत गरेको छ। त्यहाँ सदभाव नबिगार्न मेरो आग्रह छ,’ उनले भने।

दुई समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यु जारी गरेको छ।

सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखा परेपछि स्थानीय प्रशासनले कफ्र्यु लगाउने निर्णय गरेको हो।

हिन्दुहरूको समूहले नेपालगञ्जमा भेला भएर प्रदर्शन गरेको थियो। ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रूपमा बागेश्वरी मन्दिरदेखि सुरू गरेको ¥याली बजार परिक्रमा गरेको थियो।

ठूलो संख्यामा निस्किएको ¥यालीमा घरमाथिबाट ढुंगा र ईटा प्रहार भएपछि स्थिति असामान्य हुँदा कफ्र्यु लगाइएको हो।

 

 

Tags: