post-slider post-slider

खाँणसहितको मुद्दालाई एकसाथ राखेर सुनुवाइ गर्ने अदालतको आदेश

Image
A A

काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले निलम्बित सचिव टेकनारायण पाण्डेसहितको निवेदनमाथि सुनुवाइ गर्दै यो प्रकरणसँग जोडिएका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश दिएको हो।

बहसका क्रममा कानुन व्यवसायीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतका निवेदन पनि विचाराधीन रहेको प्रश्न उठाएपछि उच्च अदालतले साथै राखेर सुनुवाइका लागि आदेश गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि हिरासतमा रहेका निलम्बित सचिव पाण्डे, पूर्वसांसद आङटावा शेर्पासहित १० जनाले जिल्ला अदालत काठमाडौंको आदेशलाई चुनौती दिँदै दायर गरेको निवेदनमाथि बिहीबार पेसी तोकिएको थियो।

आफूहरूलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश त्रुटिपूर्ण भएको उनीहरूको दाबी छ।

उच्च अदालत पाटनमै पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, भुटानी शरणार्थीका अगुवा टेकनारायण रिजाललगायतले दायर गरेको निवेदन विचाराधीन अवस्थामा रहेको छ।

 

Tags: