post-slider post-slider

केदार कार्कीको पक्षमा सनाखत गर्न ४६ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

Image
A A

विराटनगर- नेकपा एमालेका ३८  र नेपाली कांग्रेसको डा. शेखर कोइराला ८ जना सांसदहरू बिहान ८:३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका छन्।

एमालेका सांसद ज्ञानेन्द्र सुवेदी भने केहीबेरमा पुग्ने बताइएको छ। प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताको सनाखत गर्नेछन्। समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ आउन निर्देशन दिइएको छ।

कोशीको मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७–४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए।

शुक्रबार साँझ कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिँदै कांग्रेसका ८ र एमालेका ३९ सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा गएका थिए। एमाले र कांग्रेसका ती सांसदसँग आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखले बताएका  छन्।

Tags: