.png) 
                
                
                     
                
                आइसिसी क्रिकेट छनोट प्रतियोगिता : अमेरिकाविरूद्ध नेपालको सहज जित
 
                    काठमाडौं- आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले अमेरिकाविरूद्ध सहज जित निकालेको छ।
अमेरिकाले जितका लागि प्रस्तुत गरेको २०८ रनको लक्ष्य ७ ओभर बाँकी छँदै पूरा गरेर नेपालले जित निकालेको हो।
टस जितेर नेपालले ब्याटिङका लागि निम्तो गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो।
जिम्बावेको हरारे मैदानमा २०८ रनको लक्ष्य लिएर ब्याटिङका लागि उत्रिएको नेपाली टोलीले ४३ ओभरमा ४ विकेट गुमाएर जित हासिल ग¥यो।
नेपालका तर्फबाट ओपनिङ गर्न आएका कुशल भुर्तेलले ३९ र आसिफ शेखले १२ रन जोडे।
त्यसपछि ब्याटिङका लागि मैदानमा उत्रिएका भीम शार्कीले ७७ रन बनाएर अन्त्यसम्म आउट भएनन्।
त्यस्तै कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ र दीपेन्द्रसिंह ऐरीले ३९ रन जोडे।
अमेरिकाका लागि सयान जहाँगिरले सतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुनसकेन।
समूह ‘ए’ मा रहेको नेपाल आइतबार घरेलु टोली जिम्बावेसँग पराजित भइसकेपछि अमेरिकाविरूद्धको खेल जित्नैपर्ने दबाबमा थियो।
ब्याट्सम्यान तथा बलरहरूले गरेको उत्कृष्ट प्रदर्शनका कारण नेपाली टोली अमेरिकाविरूद्ध सहज जित निकाल्न सफल भएको हो।
अब नेपालले समूह ‘ए’ मा रहेका वेस्टइन्डिज र नेदरल्यान्ड्सविरूद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ।
यो समूहबाट जिम्बावेले हालसम्म दुईमध्ये दुई र वेस्टइन्डिजले एक खेल जितिसकेको छ भने नेदरल्यान्ड्स अझै पहिलो जितको प्रतिक्षामा रहेको छ।
समूह ‘ए’ र ‘बी’ का उत्कृष्ट तीन टोली सुपर सिक्समा स्थान सुरक्षित गर्नेछन्।
 
                                 
                 
                