post-slider post-slider

झन्डै पाँच वर्षपछि अमेरिकी विदेशमन्त्री बेइजिङमा

Image

काठमाडौं - अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चिनियाँ अधिकारीहरूसँगको दुई दिने वार्ताको सुरूमा बेइजिङमा चिनियाँ विदेशमन्त्री किन गांगसँग भेटेका छन्।

यो करिब पाँच वर्षमा अमेरिकी कूटनीतिज्ञले गरेको पहिलो चीन भ्रमण हो।

अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन्।

अमेरिकी आकासमा एक शंकास्पद चिनियाँ जासुसी बलुनको उडानपछि करिब पाँच महिनाअघि ब्लिङ्कनको भ्रमण स्थगित गरिएको थियो।

अमेरिकाले यो यात्राबाट प्राप्त हुनसक्ने उपलब्धिका अपेक्षाहरूलाई घटाउँदै लगेको छ र दुवै पक्षले कुनै ठूलो सफलाताको आशा नगरेको स्पष्ट पारेका छन्।

अमेरिकी अधिकारीहरूले यो उद्देश्य भनेको उच्चस्तरीय वार्ताका ढोकाहरूलाई पुनः खोल्नु र बलुन उडाइएको घटनापछि तनावपूर्ण बनेको सम्बन्धलाई स्थिर राख्नु रहेको बताएका छन्।

चीनले आफ्नो अभिन्न अङ्ग मान्ने ताइवान नजिकै चीनले सैन्य अभ्यास गर्ने गरेको छ।

अमेरिका भने ताइवानको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने गरेको छ।

यो भ्रमणमा किन गांग र वरिष्ठ चिनियाँ विदेश नीति अधिकारी वाङ यीसँगको भेटघाटसहितका पूर्ण एजेन्डाहरू छन्।

ब्लिङ्कनको भ्रमणको पहिलो र प्रमुख कुरा भनेकै अमेरिका र चीनबीच कुनै पनि प्रकारको कूटनीतिक अन्तरक्रियालाई पुनः स्थापना गर्नु हो।

गत महिना अस्ट्रियाको भियानामा वरिष्ठ अमेरिकी अधिकारी र चिनियाँ अधिकारीहरूबीच भएको भेटले त्यसको प्रारम्भिक थालनी गरेको थियो।

ब्लिङ्कन चीन भ्रमण गर्ने बाइडन प्रशासनका सबैभन्दा वरिष्ठ अधिकारी हुन् र अक्टोबर २०१८ पछि अमेरिकी विदेशमन्त्रीको यो पहिलो बेइजिङ भ्रमण हो।

अमेरिका–चीन सम्बन्धबारे जानकार विज्ञहरू द्वन्द्वको जोखिमलाई क मगर्नका लागि दुई पक्षबीच प्रत्यक्ष कूटनीतिक संवाद हुनु जरूरी भएको ठान्छन्।

र, ब्लिङ्कनको भ्रमणले त्यसको थालनी गर्न सक्ने ठानिएको छ।

 

Tags: