post-slider post-slider

पेट्रोलको ट्यांकरभित्र ५९४ किलो गाँजा फेला, चार जना पक्राउ

Image
A A

धनकुटा, फागुन २ - धनकुटा भेडेटारबाट प्रहरीले ५९४ किलो गाँजा बरामद गरेको छ। यसक्रममा चार जना व्यक्ति पक्राउ परेका छन्।

साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ५९४ किलोसहित चार जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका-७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन्।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को१ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरबाट गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार ट्याङकरको बिचको डिब्बा (केल) भित्र लुकाएर गाँजा ल्याइएको थियो।

Tags: