post-slider post-slider

एनआरएनएको नयाँ नेतृत्व चयन गर्न मतदान सुरू

Image
A A

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न मतदान सुरू भएको छ।

संघको नयाँ नेतृत्व चयन गर्न बुधबार राति १२ बजेदेखि अनलाइन मतदान सुरू भएको हो।

मतदानमा संसारभर रहेका भन्डै ४ हजार २ सय मतदाताले माग लिन पाउने छन्।

मतदान बिहीबार राति १२ बजेसम्म हुनेछ।

अध्यक्ष पदका लागि बद्री केसी, महेश श्रेष्ठ र आरके शर्मा प्रतिस्पर्धामा छन्।

अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरिरहेकी संघकी वर्तमान अध्यक्ष रबिना थापाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि केसी, श्रेष्ठ र शर्मा मैदानमा छन्।

थापाले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी छन्।

बुधबार राति प्रेस वक्तव्य जारी गर्दै थापाले उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेकी थिइन्।

२०२१–२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित भएर दोस्रो कार्यकाल पनि चलाउने भन्दै चुनावी मैदानमा उत्रिएकी थिइन्।

तर, अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएर उनले श्रेष्ठलाई समर्थन गरेकी हुन्।

 

 

Tags: