post-slider post-slider

प्रहरीमा रवि लामिछानेको हस्तक्षेप, ब्याचै उछिनेर चार एसएसपीको बढुवाले प्रहरीमा असन्तुष्टि

Image
A A

काठमाडौं- नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालय बढुवा सिफारिस समितिले शुक्रबार राति चार जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको हो।

बढुवामा पहिलो नम्बरमा कृष्णहरि शर्मा पोखरेल सिफारिस भएका छन्। दोस्रोमा दानबहादुर कार्की, तेस्रोमा डा. मनोजकुमार केसी र चौथोमा राजन अधिकारी सिफारिस भएका छन्।

पोखरेल २०५२ सालका इन्स्पेक्टर हुन्। कार्की, केसी र अधिकारी २०५४ सालका हुन्।

बढुवामा २०५१, २०५२ र २०५३ सालमा भर्ना भएका इन्स्पेक्टरहरू छुटेका छन्। यो बढुवा सिफारिस तीन वटा ब्याच उछिनेर गरिएकाले प्रहरीमा असन्तुष्टि देखिएको छ।

बढुवा सिफारिसमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा आएका एसएसपीहरू छुटेका छन्। त्यो ब्याचबाट प्रहरी महानिरीक्षक बन्ने सम्भावना थियो।

तर, अहिलेको सिफारिसले त्यो सम्भावनालाई अहिले नै किनारा लगाइदिएको छ। अहिले सिफारिस भएका कार्की र केसी प्रहरी महानिरीक्षकका दाबेदार हुन्।

राष्ट्रिय अनुसन्धान विभागबाट आएका सिद्धिविक्रम शाह, उमाप्रसाद चतुर्वेदी, सुशीलसिंह राठौरलगायतहरूको टोलीबाट प्रहरी महानिरीक्षकको दाबेदारी थियो।

बढुवामा सबैभन्दा बढी चलखेल गृहमन्त्री रवि लामिछानेले गरेका थिए। प्रहरी महानिरीक्षक वसन्त कुँवर त्यसका सहयोगी देखिएका छन्।

पछिल्लो समय लामिछानेले प्रहरीको सरुवा-बढुवामा हस्तक्षेप गर्दै आएका छन्। तर, महानिरीक्षक कुँवर अडान लिनुको सट्टा लामिछानेलाई सहयोग गर्दै आएका छन्। 

लामिछाने सहकारी ठगीमा मुछिँदा प्रहरी महानिरीक्षकको रुपमा कुँवरले उनलाई चोख्याउने भूमिका खेलिरहेका छन्। 

Tags: