post-slider post-slider

ओलीले पत्रकार सम्मेलन गर्दै

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन्।

दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो १ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए।

एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो।

यात्राका क्रममा बटुलिएका अनुभव, समीक्षा र सन्देशबारे पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न पत्रकार  सम्मेलन गर्न लागिएको गौतमले बताए।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीसहित पार्टीका केन्द्रीय पदाधिकारीहरू उपस्थित हुने एमालेले जनाएको छ।

 

Tags: