post-slider post-slider

लोकतान्त्रिक शक्ति हुन आचरण पनि लोकतान्त्रिक चाहिन्छ : केपी ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताएका छन्।

आज काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताए। उनले कतिपय गरिबीको रेखामुनि रहेका नागरिकहरुले आधारभूत अधिकारसमेत नपाइरहेको बताए। यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने ओलीको धारणा थियो। उनले यसका लागि राज्यका सबै तहका नागरिकले झक्झक्याउनुपर्ने बताए।

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनि ठूलो सङ्ख्या रहेकाले सबै मिलेर उनीहरूलाई आधारभूत अधिकार दिलाउनुपर्ने धारणा राखे।

Tags: