post-slider post-slider

२१ प्रतिशत महिला परिवार नियोजनकोे साधन प्रयोगबाट बञ्चित

Image
A A

काठमाडौं- महिला परिवार नियोजनको साधन प्रयोगकर्तामध्ये २१ प्रतिशतको माग अपरिपूर्त भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले देखाएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजानिक गरेको उक्त सर्वेक्षणले अहिले पनि २१ प्रतिशत महिलाले परिवार नियोजनको साधन प्रयोगबाट बञ्चित रहेको देखाएको हो। 
   
यो सर्वेक्षणअनुसार पहिलेको तुलनामा अहिले नेपालमा आधा जनसंख्याले परिवार नियोजनको साधन वा बिधि प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ। 

नेपालमा आधाभन्दा बढि ५७ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको साधन वा बिधि प्रयोग गरिरहको तथ्यांकले देखाएको छ। जसमध्ये ४३ प्रतिशतले आधुनिक र १५ प्रतिशतले परम्परागत विधि प्रयोग गरिरहेका छन्।

परिवार नियोजनका साधन वा बिधिमा महिलाहरुले स्थायी बन्ध्याकरण, डिपो र इम्प्लान्ट जस्ता साधनहरु बढी प्रयोग भएको पाइएको छ।

सर्वेक्षणले २०२२ मा नेपालले कूल प्रजनन् दरलाई २ दशमलव १ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको देखाउँछ। 

विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको देखिन्छ। सन् १९९६ मा प्रति महिलाले ५ बच्चाहरु जन्माउथे।

Tags: