post-slider post-slider

अन्डर–१९ प्रिमियर कप : साउदी अरेयिबासामु नेपालले प्रस्तुत गर्‍यो विशाल लक्ष्य

Image
A A

काठमाडौं- मलेसियामा जारी एसिसी अन्डर–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेयिबासामु ३४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा विशाल स्कोर बनाएको हो।

अर्जुनको शतकीय इनिङको मदतमा नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो।

अर्जुनले १४२ रन बनाउँदा आकाशले ८९ रनको योगदान दिए। त्यस्तै ओपनिङ गर्न आएका दीपक बोहोराले २९ रन जोडे।

चौथो नम्बरमा ब्याटिङका लागि मैदानमा उत्रिएका देव खनाल भने शून्य रनमा आउट भए।

मिलन बोहोरा ९ र दीपेश कंडेलले १४ रन बनाए। विशालविक्रम केसी २४ रन बनाएर नटआउट रहे।

५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो।

यो खेलको विजेता सेमिफाइनलमा पुग्ने भएकाले दुवै टिमका लागि महत्वपूर्ण छ।

समूह ए मा नेपाल र साउदी अरेयिबा दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै २–२ खेल जितेका छन्।

समान अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ।

यो प्रतियोगिताको विजेता टिम अन्डर–१९ एसिया कप खेल्नेछ।

 

Tags: