post-slider post-slider

पक्राउ पुर्जी जारी भएको विरोधमा विप्लव आन्दोलित

Image
A A

काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतले जारी गरेको पक्राउ पुर्जीको विरोधमा आन्दोलनको घोषणा गरेको छ।

सरकारसँग तीन बुँदे सहमतिमा उल्लेखित विषयलाई बेवास्ता गर्दै पक्राउ पुर्जी जारी भएको भन्दै नेकपाले विरोध गरेको हो।

काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दामा सोमबार नेकपाका महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र पोलिट ब्युरो सदस्य माइला लामाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

अदालतले जारी गरेको पक्राउ पुर्जी सरकारसँग भएको तीन बुँदे सहमतिविपरित भएको नेकपाले बताएको छ।

‘अदालतको उक्त कार्य २०७७ फागुन २१ गते सम्पन्न तीन बुँदे सहमतिको ठाडो उल्लंघनमात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो,’ चन्दले विज्ञप्ति जारी गरेर भनेका छन्,‘आम नागरिकलाई थाहा छ कि प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएको तीन बुँदे सहमतिमध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरूलाई मुक्त गर्नेछ।’

पक्राउ पुर्जी जारीविरूद्ध नेकपाले मंगलबार साँझ मशाल जुलुस, बुधबार न्यायाधीशको पुत्ला दहन र बिहीबार देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।

Tags: