post-slider post-slider

मलेसियामा सिरहाका युवाको चक्कु प्रहार गरी हत्या

Image
A A

सिरहा- सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका-२ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरेका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेका यादवको एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले पेटमा चक्कु प्रहार गरी हत्या गरेका हुन्।

वैदेशिक रोजगारको क्रममा दुई वर्षअगाडि मलेसिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न्।

घटनाको जानकारी पाएपछि मलेसिया प्रहरीले तत्कालै निलम गुरुङलाई नियन्त्रणमा लिएको छ।

घटनाका दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै परिवार र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन्।

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको जनाइएको छ।

Tags: