post-slider post-slider

एमाले गण्डकी अध्यक्षमा शर्मा विजयी

Image
A A

काठमाडौं- नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्। ५३१ मत प्राप्त गर्दै उनी प्यानलसहित विजयी भएका हुन्।

अध्यक्षका अर्का उमेदवार मायानाथ अधिकारीले ३६५ मतमात्र ल्याउन सके।

उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भएका छन्। सचिवमा धनञ्जय दवाडी विजयी भएका छन्। उनले ५२० मत प्राप्त गरे।

४९९ मतसहित उपसचिवमा दामबहादुर विक विजयी हुँदा उपसचिव महिलातर्फ मन्जु अधिकारी ५३१ मत ल्याएर विजयी भइन्। 

Tags: