post-slider post-slider

कोलकोता आइपिएलको फाइनलमा

Image
A A

काठमाडौं- कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ।

मंगलबार राति सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।

सनराइजर्सले दिएको १६० रनको लक्ष्य पछाएको कोलकोताले १३.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

यसअघि सनराइजर्सले १९.३ ओभरमा अलआउट हुदै १५९ रन बनाएको थियो।

यो सहित कोलकोता चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ। यसअघि २०१२ र २०१४ मा उपाधि जितेको कोलकोता २०२१ मा उपविजेता बनेको थियो।

यस खेलमा हार व्यहोरेको सनराइजर्स हैदरावादले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ। अब इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ। इलिमिनेटरमा बुधबार रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्स खेल्दैछन्।

Tags: