post-slider post-slider

इजरायलबाट स्वदेश आइपुग्दाको खुशी

Image
A A

काठमाडौं- सरकारले इजरायलबाट २ सय ५३ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याएको छ। बिहीबार बिहान काठमाडौं पुगेका उनीहरू निकै खुसी देखिन्थे। विमानस्थलमा पर्खेर बसेका आफन्तसँग भेट हुँदा उनीहरूले अंकमाल गर्दै खुसीका आँसु झारेका थिए।

उनीहरूलाई नेपाल एअरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारी इजरायल पुगेका थिए।

उद्धारपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अरुलाई पनि चाडै नेपाल ल्याइने जानकारी दिए।

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण ठाउँबाट स्थानान्तरण गर्न आवेदन दिएका ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि जानकारी दिए। यस घटनामा परि चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएका,  एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिए।

इजरायलमाथि हमास समूहको आक्रमणमा परि सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए।

Tags: