post-slider post-slider

युरो कप : नेदरल्याण्ड र इंग्ल्याण्डको समूह चरणमा उत्कृष्ट प्रदर्शन

Image
A A

काठमाडौं- जारी युरो कप अन्तर्गत समूह चरणका खेलहरू भइरहेका छन्।

जसअनुसार आइतबार राति भएको खेलमा नेदरल्याण्डसले विजयी सुरुवात गरेको छ। समूह डी अन्तर्गतको खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

१-० गोलले पछि परेको नेदरल्याण्डसले खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो। नेदरल्याण्डसको जितमा कोडी गाक्पो र वोउट वेघोर्स्टले एक-एक गोल गरेका थिए। त्यसअघि एडम बुकसाको गोलमा पोल्याण्डले सुरुवाती अग्रता लिएको थियो।

यो जितपछि नेदरल्याण्डसले समूह डी मा महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

अब नेदरल्याण्डसले अर्को खेल जुन २२ मा फ्रान्ससँग खेल्ने तालिका छ भने पोल्याण्डले जुन २१ मा अस्ट्रियासँग खेल्ने छ।

अर्को खेलमा स्लोभेनिया र डेनमार्कले १-१ गोल बराबरी खेलेका छन्। डेनमार्कका क्रिस्टियन एरिक्सनले खेलको १७ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। 

तर, स्लोभेनियाका एरिक जान्जाले ७७ मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए। त्यसपछि कुनै गोल हुन नसक्दा दुबै टोलीले अंक बराबरी बाँडेका छन्। 

यस्तै, अर्को खेलमा सर्बियालाई इंग्ल्याण्डले १-० गोलले पराजित गरेको छ। इंग्ल्याण्डका जुड बेलिंघमले खेलको १३ औं मिनेटमा गोल गरेका थिए। 


            

Tags: