post-slider post-slider

जनमतकी अनिता देवी साहले सामान्य प्रशासनमन्त्रीका रूपमा सोमबार बिहान सपथ लिने

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह नियुक्त हुने भएकी छन्।

उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ। सोमबार बिहान १० बजे साहले मन्त्रीका रूपमा शपथ ग्रहण गर्ने तयारी गरिएको बताइएको हो।

जनमतले साहलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ।

Tags: