post-slider post-slider

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्व

Image

तनहुँ- तनहुँको म्याग्दे–६, तुरतुरे मौरीबजारमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन्। सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइएको छ।

Tags: