post-slider post-slider

नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई उच्चशिक्षाको हब बनाउनुपर्ने बताएका छन्।

सोमबार कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको नवौं सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपाल महत्वपूर्ण सम्भावनाको क्षेत्र भएकाले उच्चशिक्षाको हब बनाउनुपर्ने प्रचण्डको भनाइ छ।

उनले भने, ‘नेपाललाई उच्चशिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ। यो हाम्रो आकांक्षामात्र होइन, महत्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो।’

कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानले विपन्नलाई सेवा दिनुका साथै दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको उल्लेख गरे।

देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।

 

Tags: