post-slider post-slider

ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो

Image
A A

काठमाडौं, चैत १४- ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेल ३-३ गोलको बराबरीमा रोकिएको हो।

ब्राजिलका लागि लुकास पाक्वेटाले खेलको ९६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई हारबाट बचाएका थिए।

यस अघि ब्राजिलका लागि रोड्रिगो र युवा खेलाडी एनड्रिकले एक एक गोल गरेका थिए।

त्यसैगरी, स्पेनका लागि रोड्रीले पेनाल्टीमार्फत् दुई गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए।


 

Tags: