post-slider post-slider

‘एमडिएमएस’ प्रणालीमा मोबाइल फोन दर्ता गर्न असार मसान्तसम्मको समय

Image
A A

काठमाडौं- विदेशबाट ल्याएर दर्ता नभएका मोबाइल फोन असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ।

दर्ता नभएका मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले जनाएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा आवश्यक विवरण भेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने विभागले बताएको छ।

२०७९ पुस १५ गतेदेखि एमडिएमएस प्रणाली कार्यान्वयनमा आएको घोषणा गरे पनि चर्को विरोधपछि सरकारले स्थगित गरेको थियो।

त्यसअघि नै प्राधिकरणले असोज १ गते यसको परीक्षण सुरू गरेको थियो। त्यतिबेला २०७९ भदौ मसान्तमसम्म प्रयोगमा रहेका सबै मोबाइललाई स्वतः उक्त प्रणालीमा दर्ता गरिएको थियो।

त्यसयता दर्ता नभएका मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८० / ८१ को बजेटमार्फत दर्ता नभएका त्यस्ता मोबाइल फोन राजस्व तिरेर दर्ता गर्न सकिने व्यवस्था गरेको छ।

यसैअनुरूप विभागले कार्यान्वयनका लागि असार मसान्तमसम्मको समय तोकेको हो।

असारभित्र दर्ता नहुने मोबाइलमा ‘नेटवर्क लक’ हुनेछ। ‘नेटवर्क लक’ भएपछि नेपालका दूरसञ्चार सेवाप्रदायकको सेवा लिन पाइने छैन।

बजेटमा विभिन्न कारणले दर्ता हुन नसकेमा मोबाइल फोनको आइएमइआई नम्बर उल्लेख गरेर एकमुस्ट महसुलवापत आइफोन र एक लाख रूपैयाँभन्दा बढी मूल्यका लागि प्रतिफोन १० रूपैयाँ बुझाउनुपर्ने उल्लेख छ।

स्मार्ट फोन सेटका लागि प्रतिफोन तीन हजार रूपैयाँ र स्मार्ट मोबाइलबाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोन दुई सय रूपैयाँ बुझाएर एमडिएमएस प्रणालीमा दर्ता गर्न सकिनेछ। 

 

Tags: