post-slider post-slider

शिक्षक आन्दोलन : सडकमै नाचगान

Image
A A

काठमाडौं- सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले शुक्रबार तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्।

देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरू माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरू ३ असोजदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

प्रदर्शनकै क्रममा शिक्षकहरूले सडकमै नाचगान गरेका छन्। आन्दोलनका साथै उनीहरू सडकमा नाचगान गरिरहेका छन्।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले १८ बुँदे असहमति जनाएको छ।

जसमा सरूवा बढुवा, दरबन्दी, स्थानीय तहअन्तर्गत नबस्नेसहितका माग छन्। सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने महासंघले चेतावनी दिएको छ।

महासंघले अघि सारेको माग सम्बोधन गर्नका लागि भन्दै सरकारसँग तीन चरणको वार्ता भइसकेको छ। बिहीबारदेखि तीन चरणमा भएका सबै वार्ताहरू निष्कर्षविहीन भएका छन्।

कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आजै टुंगिने गरी वार्ता गर्न सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन्।

 

Tags: