post-slider post-slider

प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिँदै

Image
A A

काठमाडौं- प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ। उपचारको क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको हो।

बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ। सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो। प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो।

सीता दाहालको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै २ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Tags: