post-slider post-slider

एमाले मधेसमा पदाधिकारी सर्वसम्मत

Image
A A

काठमाडौं- नेकपा एमाले मधेस प्रदेसले सर्वसम्मतिबाट पदाधिकारी चयन गरेको छ।

जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम प्रदेस अधिवेशनबाट पदाधिकारीहरू सर्वसम्मतबाट चयन भएका हुन्।

अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन्। मण्डल पार्टीका सिरहा जिल्ला अध्यक्ष हुन्।

यसअघि प्रदेस अध्यक्षका लागि मण्डल र संविधानसभा सदस्य विचारी यादवले दाबेदारी प्रस्तुत गरेका थिए। तर, पर्सा जिल्लाका यादवले भने उपाध्यक्षमा चित्त बुझाएका छन्।

त्यस्तै सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती मण्डारी र धनुषाका मोहम्मक कैस चयन भएका छन्।

एमाले मधेस प्रदेस संसदीय दलका नेता सरोजकुमार यादवले अध्यक्षसहित पाँच जना पदाधिकारीको नाममा सहमति जुटेको बताएका छन्।

उनकाअनुसार सर्वसम्मत भएका पदाधिकारीहरूको नाम निर्वाचन प्रक्रियाबाट अनुमोदन हुनेछ।

पदाधिकारीहरूको नाममा सर्वसम्मति जुटे पनि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ। अध्यक्षसहित पाँच पदाधिकारीहरूले मनोनयन दर्ता गरेका छन्। यी पदहरूमा एक जनाभन्दा बढीले उम्मेदवारी नदिने सहमति भएको छ।

निर्वाचन प्रक्रियाले अन्तिम रूप दिइ पदाधिकारी निर्वाचित भएको घोषणा हुने संसदीय दलका नेता यादवले बताए।

प्रथम प्रदेस अधिवेशनअन्तर्गत बिहीबार बिहानदेखि सुरू भएको बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने कसरत नेताहरूले गरेका थिए। पदाधिकारीमा एकभन्दा बढी दाबेदारी प्रस्तुत हुँदा सहमति जुटाउन सकस परेको थियो।

अन्ततः शुक्रबार एमाले मधेसले सर्वसम्मतिबाट पदाधिकारी चयन गरेको हो। यो सहमतिमा अध्यक्ष केपी शर्मा ओली पनि सहमत रहेको नेताहरूले बताएका छन्।

अध्यक्षमा चयन भएका मण्डल पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठनिकट छन् भने उपाध्यक्ष यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिन्छन्।

 

Tags: