post-slider post-slider

प्रमुख प्रतिपक्षी दल र गठबन्धनका नेता देख्दा नमिठो लागेको छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्ता गठबन्धनका नेताहरू सहभागी नहुँदा नमिठो महसुस गरेको बताएका छन्।

संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनका प्रमुख नेता हुनुपर्ने स्मरण गराए।

विपक्षी दलहरूले माग गरेपछि प्रधानमन्त्री प्रचण्ड आफ्नो भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा जवाफ दिन सोमबार संसदमा उपस्थित भएका थिए।

सोमबारको प्रतिनिधिसभा बैठकको सुरूमा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रश्न गरेका थिए।

रोस्ट्रममा पुगेर प्रचण्डले भने,‘सामान्यतः संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भनेपछि प्रतिपक्षी र सत्तापक्षका प्रमुख नेता हुने अभ्यास छ। यहाँ प्रतिपक्षी दलको प्रमुख नेता पनि हुनुहुन्न। सत्ता गठबन्धनका नेता पनि हुनुहुन्। अलिकति नमिठो महसुस भएको छ।’

प्रधानमन्त्रीले सम्बोधन सुरू गर्दा प्रमुख प्रतिपक्षी दलका नेता ओली र सत्ता गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवा उपस्थित थिएनन्।

प्रधानमन्त्री प्रचण्डले सम्बोधन सुरू गरेको केही बेरमा प्रमुख प्रतिपक्षी दलका नेता ओली कुर्सीमा आइपुगेका थिए।

 

Tags: