post-slider post-slider

आइसिसी विश्वकप छनोट : सतक पूरा गर्न १ रनबाट चुके कुशल, आसिफसँग कीर्तिमानी साझेदारी

Image
A A

काठमाडौं - कुशल भुर्तेल एक रनले सतक पूरा गर्नबाट चुकेका छन्।

विश्वकप क्रिकेट छनोटअन्तर्गत जिम्बावेविरूद्ध भइरहेको खेलमा कुशल सतक पूरा गर्नबाट एक रनले चुकेका हुन्।

जिम्बावेका वेलिङटन मसाकान्डाले कुशललाई आउट गरे।

९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने।

एकदिवसीय क्रिकेटमा पहिलो विकेटका लागि कुशल र आसिफले कीर्तिमानी साझेदारी गरेका छन्।

कुशल र आसिफले ओपनिङ गर्दै नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारी गरेका हुन्।

दुवै ओपनर ब्याट्सम्यानले १७१ रनको साझेदारी गरेका हुन्।

यसअघि यही जोडीले सन् २०२२ जुनमा लिग टुमा ओमानविरूद्ध ११४ रनको साझेदारी गरेको थियो।

कुसल आउट भएसँगै नेपालका अर्का ओपनर आसिफ पनि प्याबेलियन फर्किएका छन्। सय बलको सामना गरेका उनले ६६ रन जोडेका छन्।

६६ रनको इनिङमा आसिफ ७ चौका प्रहार गरे। आसिफलाई पनि जिम्बावेका मसाकान्डाले नै आउट गरे।

त्यस्तै २०२३ फेब्रुअरीमा आसिफ र ज्ञानेन्द्र मल्ले नामिबियाविरूद्ध लिग टुमा कीर्तिपुर मैदानमा दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए।

 

Tags: