post-slider post-slider

‘धनी देशहरूका क्रियाकलापको असर नेपालले भोग्नुपरेको छ’

Image
A A

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल जस्ता देशहरूले औद्योगिक र धनी राष्ट्रहरूका क्रियाकलापको असर भोग्नुपरेको बताएका छन्।

मंगलबार पोखरा विमानस्थलमा पत्रकाहरूसँगको साक्षत्कारमा उनले जलवायु परिवर्तनमा कुनै भूमिका नहुने देशका बासिन्दाले भोग्नुपरेका संकट समाधान गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग जरूरी रहेको बताए।

गुटेरेसले आफ्नो नेपाल भ्रमणले विश्व समुदायलाई नै जलवायु परिवर्तनका असर कम गर्न अत्यावश्यक भएको सन्देश दिएको उल्लेख गरे।

उनले भने,‘मेरो भ्रमणको उद्देश्य विश्वलाई स्पष्ट सन्देश हो कि प्रकृतिविरूद्धका क्रियाकलाप रोक्न जरूरी छ। नेपाल र अरू देशलाई सहयोग गर्नैपर्छ। जसका कारण जलवायु परिर्वतन भएको छैन, तर उनीहरू पीडा भोग्न बाध्य छन्।’
जलवायु परिवर्तनबाट धेरै समुदाय नराम्ररी प्रभावित भएको उल्लेख गर्दै महासचिव गुुटेरेसले ती समुदायलाई अन्तर्राष्ट्रिय समुदायले साथ दिनुपर्ने बताए।

सोमबार बिहान अन्नपुर्ण बेस क्याम्प पुगेका उनले त्यहाँका स्थानीयसँग कुराकानी गरेका थिए।

बेस क्याम्पका स्थानीयवासीले जलवायु परिवर्तनका कारण भोग्नुपरेका कठिनाइहरू महासचिव गुटेरेसलाई सुनाएका थिए।

पोखरा भ्रमणपछि महासचिव गुटेरेस लुम्बिनी पुगेका छन्। त्यहाँबाट उनको आजै काठमाडौं फर्कने कार्यक्रम छ।

गुटेरेसले मंगलबार नै संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

 

 

Tags: