post-slider post-slider

एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

Image
A A

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका साथै विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत नरहने अर्थमन्त्री प्रकाशशरण महतले गरेको प्रतिवद्धता विनियोजन विधेयकमा नसच्चाइएको भन्दै एमाले र रास्वपालगायतका विपक्षी दलहरूले अवरोध गरेका हुन्।

सभामुख देवराज घिमिरेले विनियोजन विधेयक निर्णयार्थ पेस हुने घोषणा गरे लगत्तै एमाले र रास्वपाका सांसदहरू आ–आफ्नो स्थानमा उभिएका थिए।

एमाले सांसद पद्म गिरीले निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहत नरहने व्यवस्था बजेटमा उल्लेख नभएसम्म संसद नचल्ने बताएका थिए।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा नगाभिने प्रष्ट पारे।
निर्वाचन कार्यालय स्वतन्त्र ढंगबाट निर्वाचन कार्य सम्पन्न गर्ने निकाय भएकाले जिल्ला प्रशासन कार्यालय मातहत नरहने स्वयं अर्थमन्त्री प्रकाशशरण महतले प्रष्ट पारिसकेको उनले बताए।

लेखकले बजेटमा भएको प्राविधिक त्रुटी सच्याइने उल्लेख गरे।

कतिपय ठाउँमा जिल्ला प्रशासन कार्यालय परिसरभित्रै जिल्ला निर्वाचन कार्यालय राखिएकोले भ्रम सिर्जना भएको उनले बताए।

विपक्षी दलले अवरोध गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

आजको बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने सरकारको तयारी छ।

 

Tags: