post-slider post-slider

क्रिकेटर लामिछानेलाई ८ वर्ष जेल सजाय

Image
A A

काठमाडौं- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसहित ८ वर्षको जेल सजाय तोकेको छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ गते लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो।

बुधबार ढकालकै इजलासले लामिछानेलाई सजाय तोकेको हो।

अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार लामिछानेले तीन लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय भएको छ।

उनले तिर्नुपर्ने तीन लाख रुपैयाँ जरिवाना र थप क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ गरी पीडितले कुल पाँच लाख रुपैयाँ पाउने पन्थीले जानकारी दिए।

लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लागेको थियो। तर ढकालको इजलासले लामिछानेले जबरजस्ती करणी गरेको भए पनि पीडित किशोरीको उमेर १८ वर्ष पूरा भएको ठहर गरेको थियो।

लामिछानेले माथिल्लो अदालतमा जिल्ला अदालतको फैसलाविरुद्ध चुनौती दिने पाउने छन्।

पीडितको उमेर १८ वर्ष पूरा भएको देखिए पनि करणी सहमतिमा नभएको अदालतको फैसला छ।

किशोरीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाइएको अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।

यो मुद्दामा पुष ८ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।

 

Tags: